Menu

आजको मौसम

वृद्धवृद्धा आश्रमलाई दैनिक उपभोग्य सामग्री सहयोग

Author
News Desk | Thursday, March 13, 2025
0
Featured

वीरगंज, २८ फागुन । उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका वार्ड न.१ भगवाननगर स्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्नलगायतको सामग्री सहयोग गरेको छ ।
आश्रममा आश्रीत २३ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धबृद्धा तथा बालबालिकाहरूको उपभोगको लागी दाल, नून खाने तेल चना, सोयाबिन, चामल पिठो, भुजा, चाउचाउ, बिस्कुट, सेनेटरी पैड, डाइपर, फिनाईल साबुन लगायतको दैनिक उपभोग्य सामग्री प्रबन्ध गरिएको हो ।
आश्रममा पुगेर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले आश्रमको सदस्य राम बहादुर थिङ्गलाई सो सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?