Menu

आजको मौसम

स्ववियु निर्वाचनमा जनमत विद्यार्थी संघको उम्मेदवारी दर्ता

Author
News Desk | Monday, March 03, 2025
0
Featured

वीरगंज, १९ फागुन । जनमत पार्टी निकट जनमत विद्यार्थी संघले स्ववियु निर्वाचनमा भाग लिन ठाकुरराम बहुमुखी क्याम्पसमा संगठन दर्ता गराएका छन् ।
पर्सा अध्यक्ष विवेक झा र सभापति उम्मेदवार राज साहको नेतृत्वमा गएको टोलीले संगठन दर्ता गराएका हुन् ।
यही चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारी गर्दै आएको र निर्वाचनमा आफ्नो संगठन बलियो प्रदर्शन गर्ने विद्यार्थी अध्यक्ष विवेक झाले दावी गरे ।
विद्यार्थी नेता एवं कोषाध्यक्षका उम्मेदवार सलमान देवान, विद्यार्थी जिल्ला उपाध्यक्ष अंकित चौधरी, इकाई उपाध्यक्ष निर्मल मिश्र लगायत विद्यार्थी नेता आजाद हुसैन, गौतम यादव, आदित्य सरार्पm, अञ्जली साह, सक्षम पटेल लगायत, युवा जिल्ला अध्यक्ष उदय यादव, उपाध्यक्ष सिकेन्द्र राम, धिरेन्द्र पन्जियार लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?