Menu

आजको मौसम

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम

Author
News Desk | Saturday, March 08, 2025
0
Featured

वीरगंज, २३ फागुन । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा -याली निकालिएको छ । सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण भन्ने नारासहित आयोजित -याली घण्टाघरबाट निस्किएर नगर परिक्रमा गरेर पुनः घण्टाघरमै आएर टुंगिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, ओसीएमसी पर्सा, माइती नेपाल, आफन्त नेपाल, आवर संसार, दलित महिला संघ, सानो पाइला, सहयात्री समाज, आमा नेपाल फाउन्डेशन लगायतका संघसंस्थाको सहकार्यमा सम्पन्न गरिएको थियो ।
वीरगंज महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले महिला हिंसा गर्ने व्यक्तिलाई खोजी–खोजी कारबाई गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले एक महिनाभित्र चार जना महिला हिंसा गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाईको दायरामा ल्याइएको जानकारी दिँदै समाजमा महिला हिंसा गर्नेलाई कारबाईको दायरामा ल्याउन आम नागरिकले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा एनजिओसिसी पर्साका अध्यक्ष इब्राहिम देवान, वीरगंज महानगरपालिकाको महिला शाखाका अधिकृत रञ्जना पण्डितलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम,सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंह, साउथ सिटी हस्पिटल एवम् वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई,सामुदायिक प्रहरी कुमहालटोलका सचीव श्रवन बहादुर रायमाझी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?