Menu

आजको मौसम

वीरगंजमा महिलाको शव भेटियो

Author
News Desk | Saturday, March 29, 2025
0
Featured

वीरगंज, १६ चैत । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिवार बिहान एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान वीरगंज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवाल भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भने, “शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ।”
मृतकको शव परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान शुरू गरेको जनाएको छ। शव परीक्षणको प्रतिवेदन र प्रहरी अनुसन्धानको नतिजाले मात्र यो घटनाको वास्तविकता उजागर गर्ने प्रहरीले नाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?