Menu

आजको मौसम

देशले राजा खोजेको छ – अध्यक्ष लिङदेन

Author
News Desk | Sunday, March 09, 2025
0
Featured

वीरगंज, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई चुनावमा आउन भनिरहेका दलहरुका अध्यक्षलाई जवाफ दिंदै राप्रपा नै लडन काफी रहेको बताउनुभएको छ ।
वीरगंज स्थित लालबंगला परिसरमा आयोजित आमसभामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूले पार्टी विशेषको नभई देशको राजा ल्याउन खोजेको बताउनुभयो । उहाँले हामीले कुनै राजनैतिक दलको राजा होइन, देशले राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो भन्नु भयो ।
उहाँले दलहरूले शासन गर्न थालेयता देश झन–झन संकटमा परेको दावी गर्दै नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा देशमा रोजगारी नपाएर युवा विदेशिन बाध्य हुंदा देश रित्तिंदै गएको बताउनु झयो ।
अध्यक्ष लिङ्देनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गर्दै एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रू ७ खर्बको हाराहारीमा रहेकामा हाल त्यो रू २६ खर्ब नाघेकामा चिन्ता व्यत्त गर्नुभयो ।
सभामा संविधान २०७२ खारेजी र संविधान २०४७ पुनरस्थापनाको मुद्दा सहित अधियान चलाएको राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले संवैधानीक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका निम्ती ढिलो नगरी संघर्षमा उत्रीनु पर्नेमा जोड दिनु भयो ।
उहाँले अब राष्ट्रवादी शक्ति देशको अस्तिŒव जोगाउँन राजसंस्था पुनरस्थापनाको विकल्प नरहेको बताउदै छिट्टै राष्ट्रिय स्तरमा संयुक्त आन्दोलन परिचालन समिति गठन गरी अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा राप्रपाका नेता बिक्रम पाण्डे, धवल सम्शेर राणा, मकवानपुरका सांसद दिपक सिंह, नेपाली कांग्रेस (विपि) का महामन्त्री देवेन्द्र प्रकास पौडेल, प्रो. केवी रोकाय, लेखक डा. शास्त्रदत्त पन्त लगायतले मन्तव्य राखेका थिए । राष्ट्रिय नागरिक संघर्ष समितिका पर्सा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आयोजित सभाको सहजीकरण मानव सेवकले गर्नु भएको थियो भने स्वागत मन्तव्य सांसद विणा जैसवालले गरेकी थिइन ।
आमसभा अघि राष्ट्रिय नागरिक संघर्ष समिति र राप्रपाले बारा जिल्ला स्थित सिमराबाट निकालिएको बृहत मोटरसाइकल ¥याली वीरगंज घण्टाघर हुंदै नगर परिक्रमा गरी लालबंगलामा पुगेर समापन भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?