Menu

आजको मौसम

सामुदायिक छपकैयाद्वारा चामल वितरण

Author
News Desk | Tuesday, March 04, 2025
0
Featured

वीरगंज, १९ फागुन । सामुदायिक सेवा केन्द्र छपकैया तथा राइजिङ वीरगंज नेपालको पहलमा मुस्लिम समुदायको महान पर्व रोजाको अवसरमा २ सय बोरा चामल वितरण गरिएको छ ।
कार्यक्रममा ३ लाख २० हजार मूल्य बराबरको चामल वितरण गरिएको सामुदायिक प्रहरी सेवा छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराईले जानकारी गराए ।
कार्यक्रममा रोजाको शुभ अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा बिपन्न परिवारलाई मद्दत गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ठकुराईले बताए ।
कार्यक्रममा मुस्तफा, चामल दाता मरियम लेदरका प्रबन्धक फारूख ज्याल खुरैसी, अभिलाषकुमार गुप्ता, साहेब हुसैन, ज्याहुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सहसचिव मदन गुप्ता, वरिष्ठ उपाध्यक्ष अब्दुल हक, बृज भूषण पाण्डे, शिव संकर पन्डित, सोलाजिम मियाँ लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?