Menu

आजको मौसम

ब्रहमाकुमारीद्वारा रक्तदान कार्यक्रम

Author
News Desk | Sunday, February 23, 2025
0
Featured

वीरगंज, १० फागुन । ब्रहमाकुमारीज युवा प्रभाग र समाज सेवा प्रभागद्वारा आयोजित रक्तदान कार्यक्रममा ७ महिलासहित ५३ जना रक्तदान गरेका थिए । महाशिवरात्रिको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अजय कुमार चौरसिया,जाबेद मियाँ अन्सारी, कमल, राजेन्द्र भट्टराई, अमित खत्री, निमिश अग्रवाल, साबिर हुसैन, राजु कुमार जैसवाल, संजय श्रेष्ठ, रूपनारायण ठाकुर लोहार, ऋषिकेश कुमार दास लगायतले रक्तदान गरेका थिए । राजयोग वीरगंजकी प्रमुख रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल, वडा कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सामुदायिक प्रहरी कार्यालय छपकैयाका अध्यक्ष ग्याँसुदिन ठकुराईको उपस्थिति थियोे । कार्यक्रममा राजेन्द्र भट्टराईले ४७औं पटक रक्तदान गरेको नेरेसो रेशमकोठी उपशाखा युवा संयोजक अभिलाष गुप्ताले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?