Menu

आजको मौसम

शिव जयन्तीको अवसरमा प्रवचन

Author
News Desk | Thursday, February 27, 2025
0
Featured

वीरगंज, १४ फागुन । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैयाले ८९ औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा वर्तमान समयमा महाशिवरात्रिको अद्वितीय महŒव विषयक आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेशका सांसद श्याम पटेलको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा सामुदायिक प्रहरी कुम्हालटोलका सचीव एवं समाज सेवी श्रवणबहादुर रायमाझी, छपकैयाका अध्यक्ष गयासुदिन ठकुराई,पत्रकार अभिलाष गुप्ता, समाज सेवी राजेन्द्र भट्टराई,मधेश बिश्व विद्यालयका उपकुलपति डा.दिपक शाक्य,वीरगंज नर्सिङ कलेजका प्रमुख कल्पना पौडेल, समाजसेवी प्रकाश थारू, प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी वीरगंज उपाध्यक्ष मधु राणा, बिके छोटेलाल, गोकुल गुबाजु लगाएतकाहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे। उक्त कार्यक्रमका अध्यक्षता ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया वीरगंजकी क्षेत्रीय एवं मुख्य संचालिका रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको थियोे । स्वागत मन्तव्य ब्रहमाकुमारी बेली दिदीले गरेकी थिइन् । कार्यक्रममा स–साना बालबालिका द्वारा स्वागत नृत्य प्रस्तुत गरेको थिए । कार्यक्रम संचालान ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया बिके गोबर्धन चौधरीले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?