Menu

आजको मौसम

भन्सार नतिर्ने २८ वटा भारतीय नम्बरको मोटरसाइकल भन्सार चलान

Author
News Desk | Friday, February 28, 2025
0
Featured

वीरगंज, १५ फागुन ।
जिल्ला प्रहरी कार्यालय, बाराले भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल कारबाईको लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको जनाएको छ ।

प्रहरी कारबाईको सिलसिलामा फागुन १४ गते जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीहरूले चेकजाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानून बिपरीत रहेका बिभिन्न ठाँउहरूबाट भारतिय नम्बर प्लेट भएका २८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर करीब २५ लाख मूल्याकंन गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको जिप्रका, बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?