Menu

आजको मौसम

७६ किलो गाँजासहित दुईजना पक्राउ

Author
News Desk | Friday, February 28, 2025
0
Featured

वीरगंज, १५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले ७६ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

फागुन १४ गते १ बजे पर्सा जिल्लाको जीराभवानी गाउँँपालिका वडा नं.३ जितपुर स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले पैदल आइरहेका पटेर्वासुगौली गाउँपालिका वडा नं.४ भथौरा बस्ने वर्ष १९ को अर्जुन महतोलाई २३–२३ के.जी.का दुर्ई वटा पोका गरी जम्मा ४६ के.जी. गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही दिन नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौली खटिएको संयुक्त टोलीले पटेर्वासुगौली गापा–१ भाठा मन्दिरबाट शिकारीबास आउँदै गरेका पैदल सोही ठाउँको गदियानी बस्ने वर्ष ३० को असलम अन्सारीलाई ३० के.जी.गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवैजनामाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?