Menu

आजको मौसम

मधानी महोत्सवमा कुम्भ मेलाका भाइरल गर्लको प्रस्तुति देखेर दर्शकहरु चकित

Author
News Desk | Thursday, February 27, 2025
0
Featured

वीरगंज, १५ फागुन । रौतहटको मौलापुर नगरपालिकाको पतौरा स्थित मौलापुरमा मधानी महोत्सवको समापन कार्यक्रममा महाकुम्भ मेलाका भाइरल गर्ल मोनालिसाको प्रस्तुतति देखेर सर्वसाधारण चकित भएका थिए भने भोजपुरीया कलाकार प्रिया सुहानी, रितेश पाण्डेको प्रस्तुतिलाई दर्शकले धेरै रूचाएका थिए । मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको मौलापुर नगरपालिकाले जानकारी दिएको छ । मेयर रिना देवी साह र कार्यक्रम प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साह रहेको सो कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक सुनिल पण्डित, विशाल यादव, रचना सिवाकोटी, रेबिका नेपाली, प्रिति पासवान लगायतले प्रस्तुति दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?