Menu

आजको मौसम

जनआन्दोलनका लागि एकताबद्ध हुन आह्वान

Author
News Desk | Friday, February 21, 2025
0
Featured

वीरगंज, ९ फागुन । राष्ट्रिय नागरिक संघर्ष समितिले नेपाल अधिराज्यको संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलन गर्ने आह्वान गरेको छ । समितिका संयोजक नरेश बहादुर सिंहले एक प्रेस विज्ञप्ती जारी गरी ७५औं प्रजातन्त्र दिवसमा पूर्वराजा श्री ५ ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट देशवासीको नाममा जारी भएको शुभकामना सन्देशको स्वागत गर्दै जनआन्दोलनका लागि एकताबद्ध हुन आह्वान गरेको हो । पूर्वराजाबाट प्रजातन्त्र दिवसको अवसरमा जारी भएको शुभकामना सन्देश मार्फत भएको आहवानलाई मन, वचन र कर्मले कार्यान्वयनको लागि प्रतिबद्धता गर्ने समितिले जनाएको छ । पूर्व राजाको आह्वानलाई साकार गर्न सार्वभौम नेपाली जनता, आधुनिक शक्तिको रूपमा रहेको सबै राजनीतिक दलहरू, विभिन्न राजनीतिक तथा धार्मिक संघ–संस्थाहरू, विभिन्न अभियानका अभियन्ताहरू, पत्रकारहरू, सुरक्षा निकायहरू, न्यायपालिका, राष्ट्रसेवक कर्मचारीहरू, कानुन व्यवसायी, प्राज्ञिक, डाक्टर, शिक्षक, विद्यार्थी, उद्योगपति, व्यापारी, मजदुर, किसान लगायत विभिन्न वर्ग क्षेत्रमा रहेका सबैको सहभागीता र सहकार्यका लागि समितिले अपिल पनि गरेको छ । समितिद्वारा जारी विज्ञप्तीमा मौसुफ सरकारको आव्हानलाई सफल पार्न नेपाल र नेपालीलाई बचाउन राजनीतिक एवं संवैधानिक मार्ग बाहेकको अर्काे विकल्प छैन, त्यसको निमित्त निषेध र घृणा सृजना गर्ने मुलुकमारा अवैध २०७२ को संविधानलाई खारेज गर्दै, राष्ट्रिय मेलमिलापको आधारसिलामा खडा भएको आधुनिक र परम्फरागत शक्तिहरूलाई एकाकार गरी राष्ट्रिय शत्तिको निर्माण गर्ने, भू–राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा राजा, जनता र राजनीतिकदलहरूलाई सही दिशानिर्देश गर्न, नेपाल अधिराज्यको संविधान २०४७ लाई पुनस्थापना गरी विकल्प रहित अहिंसक जन आन्दोलनको लागि नेपालको राष्ट्रिय झण्डामुनी गोलबद्ध भई निस्कलंक, सक्षम र वरिष्ठ राजानीतिज्ञको संयोजकत्वमा राष्ट्रिय अहिंसक जनआन्दोलन परिचालन समिति गठन गर्न सबै सरोकारवाला पक्षलाई आह्वान गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?