Menu

आजको मौसम

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा बिदाइ तथा सम्मान कार्यक्रम

Author
News Desk | Friday, February 21, 2025
0
Featured

वीरगंज, ९ फागुन । सामुदायिक सेवा केन्द्र मुर्ली, श्रीपुरले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रहरी हवल्दार सुभाष प्रसाद यादवको बिदाइ तथा प्रहरी सहायक हवल्दार सुरेन्द्र कुमार यादवको स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रह सुभाष प्रसाद यादवलाई मायाको चिनोसहित टीका, खाँदा लगाएर केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानले बिदाइ गरेका थिए भने प्रसह सुरेन्द्र यादवलाई अबिर टीका लगाई, दोसल्ला ओढाएर स्वागत गरेका थिए । केन्द्रकी उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार डा ज्योतिप्रकाश दुवे, सहकोषाध्यक्ष राधा शर्मा, सदस्य विपिन घिमिरे, समाजसेवी गणेश थापा, वीरगंज न्युरो रिसर्च हेल्थकेयरको प्रशासन शाखाका प्रमुख सुमन कार्की, ग्रामीण विकास बैंकका लेखापाल राजेन्द्र कपाडी, केन्द्रकी प्रहरी सहायक हवल्दार लालुमाया महतो, प्रहरी जवान अभिषेक रायलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?