Menu

आजको मौसम

रिलिफ सोसाइटीद्वारा सम्मान तथा सिलाई मेसिन वितरण

Author
News Desk | Wednesday, February 19, 2025
0
Featured

वीरगंज, ६ फागुन । रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष स्व. बिहारीलाल लाठको तेहौं पुण्यतिथिको अवसरमा बिहारीलाल लाठ कर्मवीर सम्मान–पत्र प्रदान गरिएको छ । आशा किरण केन्द्रका सुनिल गुप्ता, यशोधा गजुरेल एवम् अनिता साहलाई सम्मान गरिएको थियोे । कार्यक्रममा उपाध्यक्षमा नारायण रूङटा ४ वर्षको लागि निर्बिरोध निर्वाचित भएका थिए । उनलाई निर्वाचन अधिकृत खरेलले सपथ ग्रहण गराएका थिए । यसैगरी राधादेबी बृजलाल लाठ ट्रस्ट वीरगंज पर्साको सहयोगमा १५ ओटा सिलाई मेसिन गरीब तथा असहाय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरिएको थियो । रिलिफका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुर्लीधर रूङटा, वरिष्ठ अधिवक्ता बालमुकुन्द खरेल, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, समाजसेवी गणेश लाठ, सचिव प्रेमचन्द्र गोयल, हरि गौतमको उपस्थिति रहेको थियो। रिलिफ सोसाइटी अफ कमर्स वीरगंजका महासचिव निरज अग्रवालले कार्यक्रम संचालन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?