Menu

आजको मौसम

स्रोत नखुलेको चार लाखसहित गुप्ता पक्राउ

Author
News Desk | Sunday, February 23, 2025
0
Featured

वीरगंज, १० फागुन । सशस्त्र प्रहरी बल, पर्साले स्रोत नखुलेको सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । फागुन १० गते प्रस्तावित सीमा सुरक्ष गुल्म वीरगंजको टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलका चालक भारत पूर्वी चम्पारण, रक्सौल बस्ने वर्ष ३४ को कन्हैया कुमार गुप्ताले शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको नेरु चार लाखसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । गुप्ताले सो रकमको स्रोत खुलाउन नसकेपछि कारबाइको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?