Menu

आजको मौसम

रेडक्रस, पर्साका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण

Author
News Desk | Thursday, February 20, 2025
0
Featured

वीरगंज, ८ फागुन । नेपाल रेडक्रस सोसाइटी पर्साको नवनिर्वाचित पदाधिकारी सदस्यहरुले शपथग्रहण गरेका छन् । बिहीवार नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र निर्वाचन अधिकारी नारायण तिमिल्सिनाले वितरण गरेका थिए । ् नयाँ कार्यसमितिको सभापति बृज किशोर पटेल, महिला उपसभापति श्रीमती मधु राणा, उपसभापति भगवती प्रसाद चौधरी, मन्त्री बिनोद गिरि, कोषाध्यक्षमा दया शंकर सिंह राजपुत, उपकोषाध्यक्ष पबित्रा गजुरेल तथा सदस्यहरू शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद साह कानु, जितेन्द्र कुमार वर्मा, बाबुनन्द प्रसाद चौरसिया, राजेश्वर प्रसाद चौरसिया, अलि असगर देवान तथा महिला सदस्यहरू मुना कुमारी खनाल, कबिता खडका, बबिता कुमारी कानुलगायतलाई माला टीका लगाई प्रमाणपत्र बितरण गरी शपथ ग्रहण गराइएको थियो । निवर्तमान सभापति बीरेन्द्र राज कंडेलले सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई गम्छा ओढाई सम्मान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?