Menu

आजको मौसम

कुम्हालटोल टोल सुधार समाजद्वारा निःशुल्क भोजन शिविर

Author
News Desk | Saturday, February 15, 2025
0
Featured

वीरगंज, ३ फागुन । वीरगंज कुम्हालटोल टोल सुधार समाजले रेल्वेरोडमा ६औं महिने निःशुल्क भोजन शिविर सम्पन्न गरेको छ । शिविरमा रिक्सा, ठेला, इरिक्साचालक, गरीबहरूलाई भोजन गराएको थियो । टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक गुप्ता, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्तालगायतको सहभागीता थियो। प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गरिने शिविरमा भात, दाल, आलु कोभीको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । कुम्हालटोल टोल सुधार समितिका सचिव श्रवणबहादुर रायमाझीले टोलवासीलाई शिविरमा सहयोग गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?