Menu

आजको मौसम

नवीकरणीय ऊर्जा प्रवद्र्धन बिना स्वच्छ ऊर्जा लक्ष्य हासिल गर्न कठिन –ऊर्जा मन्त्री

Author
News Desk | Thursday, February 20, 2025
0
Featured

काठमाडौं, ८ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाललाई न्यून कार्बन उत्सर्जनयुक्त अर्थतन्त्रतर्पm अघि बढाउन नवीकरणीय ऊर्जा प्रवद्र्धन आवश्यक रहेको बताएका छन। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाइ आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै मन्त्री खड्काले ऊर्जा प्रणालीलाई गुणस्तरीय, भरपर्दाे, र सर्वसुलभ बनाउने लक्ष्यका साथ सरकार विभिन्न योजना अघि बढाइरहेको उल्लेख गरे। नेपाल सरकार र बेलायत सरकारको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा हालसम्म भएका उपलब्धिहरूको समीक्षा तथा आगामी रणनीतिवारे छलफल गरिएको थियो। मन्त्री खड्काका अनुसार हाल स्वीकृत ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना अनुसार सन् २०३५ सम्म जडित विद्युत क्षमता २८,५०० मेगावाट पुर्याउने लक्ष्य लिइएको छ। कार्यक्रममा बेलायतका राजदूत रोब फेन, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पी. बिच्छा, ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतका वक्ताहरूले नवीकरणीय ऊर्जा प्रवद्र्धनमा साझेदारीको महŒववारे धारणा राखेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?