Menu

आजको मौसम

‘मुलुकको समृद्धि एमालेको ध्येय’

Author
News Desk | Tuesday, February 18, 2025
0
Featured

महोत्तरी, ५ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको समृद्धि नेकपा एमालेको ध्येय रहेको बताउनुभएको छ । आज यहाँको गौशालामा पार्टीको जिल्लास्तरीय तीनमहिने वडाकेन्द्रित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यसै ध्येयका लागि एमाले अहिले आधारभूत तहमै पार्टी सुदृढीकरण अभियानमा जुटेको बताउनुभयो ।
आफ्नो दलसँग मुलुकको राष्ट्रिय स्वार्थ रक्षा र समृद्धिको सङ्कल्प रहेको उहाँको भनाइ थियो । आगामी निर्वाचनमा एमालेले तीनै तहका सरकारको बहुमतका साथ नेतृत्व गर्न सम्पूर्ण पार्टीपङ्क्तिलाई जनताको घरआँगन पुग्न परिचालित गरेको थापाले बताउनुभयो ।
“हामी जनतासँग एकाकार हुँदै अघि बढ्न निरन्तर अभियानमा छौँ” थापाले भन्नुभयो, “सम्पूर्ण पार्टीपङ्क्ति अहिले जनसम्बन्ध विस्तारमा जुट्नुहोस् ।”
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलसहितका नेताले अहिलेको तीनमहिने अभियानबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा पार्टीका पोल्युटब्यूरो सदस्य रामदलाल मण्डल, केन्द्रीय कमिटी सदस्य सरोजकुमार यादव र केन्द्रीय अनुशासन विभागका सदस्य दुर्गा दाहालसहितको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?