Menu

आजको मौसम

साथीको हत्या गरेको आरोपमा तीनजना पक्राउ

Author
News Desk | Friday, February 28, 2025
0

वीरगंज, १५ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । सापटी रकम फिर्ता नदिने मनसायले हत्या भएको प्रहरीले जनाएको छ ।
उदयपुर घुर्मी बस्ने १९ वर्षका मुकेश प्रसाद यादव, १९ वर्षका अरूण कुमार यादव र मुना तिवारीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
फागुन ११ गते आइतवारको साँझ ५ः३० बजे पर्सा जिल्लाको वीरगंज म.न.पा.वडा नं.२८ जगरनाथपुर ढाठ भन्दा करिब ५०० मिटर पश्चिम भेडैया खोलाबाट वीरगंज–२७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको छोरा वर्ष १९ को इशाल प्रसाद कुर्मीको शव खोलामा तैरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
फागुन ७ गते साँझ इशाल वीरगंज काम गर्न जान्छु भनि घरबाट निस्किएका थिए र घर नफर्किएको पछि छोराको खोजतलासका लागि प्रहरीमा फागुन ८ गते निवेदन दिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले खोजतलासको क्रममा शव भेटाएको थियो । प्रहरीले अनुसन्धानको क्रममा फागुन ७ गते ११ः३० बजे इशाल र छिमेकी साथीहरू तास खेल्ने क्रममा पैसाको विषयमा बादबिबाद हुँदा मुकेश प्रसाद यादव, अरूण कुमार यादव र मुना तिवारीले हत्या गरी भेडैया खोलामा फालेको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि ज्यान सम्बन्धी कसूरमा छ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?