Menu

आजको मौसम

विश्वका अर्थाेपेडिक चिकित्सकहरुको वीरगंजमा सम्मेलन

Author
News Desk | Thursday, February 27, 2025
0
Featured

वीरगंज, १४ फागुन । नेपाल अर्थाेपेडिक संघको आयोजनामा वीरगंजमा पहिलो पटक ‘अर्थाेकोन २०२५’ शीर्षकमा चार दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।
अर्थाेपेडिक चिकित्सा क्षेत्रमा नयाँ खोज, अनुसन्धान तथा प्रविधिको आदान–प्रदान गर्न आयोजित उक्त सम्मेलन फागुन १४ गतेदेखि माघ १७ गतेसम्म चल्नेछ ।
कार्यक्रमको पहिलो दिनमा सूर्य अस्पताल वीरगंजमा प्रि–कन्फेरेन्स कार्यशाला (वर्कसप) तथा नेशनल मेडिकल कलेजमा पीजी कोर्स सम्बन्धी सेमिनार सञ्चालन गरिएको छ । त्यसपछि, फागुन १५,१६ र १७ गतेका दिन वीरगंजको कलाक्र्स रिसोर्टमा मुख्य सम्मेलन हुनेछ ।
नेपालसहित विभिन्न देशका वरिष्ठ अर्थाेपेडिक चिकित्सकहरूको सहभागीता रहने सम्मेलनमा अर्थाेपेडिक उपचारमा भएका नवीनतम उपलब्धिहरू, नवजात शिशुदेखि वृद्धसम्मका बिरामीहरूको उपचार विधि, औषधी प्रयोग तथा यसको प्रभावकारिता लगायतका विषयमा गहन छलफल हुने आयोजकहरूले जानकारी दिएका छन् ।
नेपालमा अर्थाेपेडिक सेवामा हुँदै आएका नयाँ प्रयोग, आधुनिक प्रविधि तथा भोलिका दिनमा थप गर्न सकिने सुधारका विषयमा छलफल गर्न सम्मेलनले महŒवपूर्ण भूमिका खेल्ने आयोजक सचिव डा. सरोज सिंह बताउँछन् ।
कार्यक्रमको अन्तिम दिन फागुन १७ गतेका दिन पत्रकार सम्मेलन गरी चार दिवसीय सम्मेलनको ठोस उपलब्धि, विभिन्न देशका चिकित्सकहरूको अनुभव तथा छलफल गरिएका विषयहरू सार्वजनिक गरिनेछ ।
नेपाल अर्थाेपेडिक संघका महासचिव डा. बिजेन्द्र अधिकारीले कार्यक्रम सफल बनाउन पत्रकार तथा नागरिक समाजको रचनात्मक भूमिकाका लागि आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?