Menu

आजको मौसम

नेपाल रेडक्रस सोसाइटी पर्साको सभापतिमा बृजकिशोर पटेल

Author
News Desk | Thursday, February 20, 2025
0
Featured

वीरगंज, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी पर्साको सभापतिमा बृजकिशोर पटेल निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधवार मतदान भएको हो ।यस पटक दुईवटा प्यानलबीच भीडन्त भएको थियोे । सभापतिमा वीरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबिच नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा भएको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए । पर्सा शाखामा १३४ जना सभासद (मतदाता) रहेका छन भने ती मध्ये ग्रामीण भेगबाट १४ वटा उपशाखाहरू तथा महानगरपालिकाबाट ८ वटा उपशाखाहरू गरी कुल २२ वटा उपशाखाहरू छन् । सभापतिमा बृजकिशोर पटेल सँगै महिला उपसभापति मधु राणा, उपसभापतिमा भगवती प्रसाद चौधरी, मन्त्रीमा बिनोद गिरि, कोषाध्यक्षमा दया शंकर सिंह राजपुत, उपमन्त्री साबिर अहमद एराज, उपकोषाध्यक्ष पबित्रा गजुरेल तथा सदस्यहरूमा शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद सा कानु, जितेन्द्र कुमार वर्मा, बाबुनन्द प्रसाद चौरसिया, राजेश्वर प्रसाद चौरसिया,अलि असगर देवान तथा महिला सदस्यहरूमा कबिता खडका,मुना कुमारी खनाल,बबिता कुमारी कानु लगाएतकाहरू निर्वाचित भएका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?