Menu

आजको मौसम

नवौं प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावरलाई

Author
News Desk | Tuesday, February 25, 2025
0
Featured

वीरगंज, १२ फागुन । नवौं प्याब्सन अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि लिटिल फ्लावर माविले जितेको छ । नवदीप र लिटिल फ्लावर माविबीच आज भएको अन्तिम खेलमा ३–० गोलले लिटिल फ्लावर मावि विजयी भएको हो । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा बरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष शुशिला साह,नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल,वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, प्रेस सेन्टर नेपालका मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, सामाजिक अभियन्ता प्रकाश थारू, शिक्षक सुलभ केसीलगायतकाहरूको उपस्थित थियो । प्रतियोगितामा नवदीप एकेडेमी दोस्रो, ठोरी एकेडेमी तेस्रो र ज्ञानज्योती माविले सान्त्वना हासिल गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?