Menu

आजको मौसम

स्ववियु निर्वाचन गराउन वातावरण बनाउन र विधार्थीको समस्या बुझ्न नेबिसंघ सकृय

Author
News Desk | Saturday, February 01, 2025
0
Featured

माघ, १९ वीरगंज । स्ववियु निर्वाचन गराउन वातावरण बनाउन र विधार्थीको समस्या बुझ्न नेपाल विधार्थी संघ सकृय भएको छ । नेपाली काँग्रेस निकट नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसका नेता बिकाश मण्डलको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्ववियु निर्वाचन र विद्यार्थीको अपेक्षा शिर्षकमा कार्यक्रम सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा नेविसंघ पर्साका पुर्व अध्यक्ष दिलिप राज कार्कीले त्रिभुवन विश्वविद्यालय भन्दा आठ वर्ष पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पसमा विगत १५ वर्ष देखि निर्वाचन हुन नसकेको यस अवस्थामा यस पालि देशै भरीको त्रि.वि.का आंगिक क्याम्पसमा यहि चैत्र ५ गते निर्वाचनको घोषणा गरेको हुदा सो निर्वाचनलाई लक्षित गर्दै ने.वि.संघका नेताहरुले चुनाव गराउने वातावरण बनाउन र विधार्थीको समस्या बुझ्न लाग्न नेविसंघका नेताहरुलाई आग्रह गरेका थिए ।

क्याम्पसका बिबिएस, बिएड, बिआइटी, र बिएससीका छात्र छात्राहरु सहभागीता रहेको कार्यक्रममा छात्रा–छात्राहरुले नियमित पठन पाठन हुनुपर्ने, पुस्तकालयमा पुस्तक सहज र अत्याधिक मात्रामा उपलब्ध हुनु पर्ने, महिला पुरुषको सौचालय ब्यवस्थित हुनु पर्ने, शैक्षिक वातावरण राम्रो हुनु पर्ने लागयतको अपेक्षा राखेकोमा आयोजकले व्यवस्था गरेको अपेक्षा फर्म भर्नुका साथै बिचार पनि राखेका थिए ।

नेविसंघ पर्सा अध्यक्ष रमेश यादवले आउने निर्वाचनमा नेविसंघलाई विजय गराउन आग्रह गर्दै असल र विद्यार्थी विचबाटै नेता निर्वाचित गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेस महानगर सभापति मणिन्द्र नेपालीले यस निर्वाचनलाई सफल गराउन सबै लाग्नु पर्ने र निर्वाचन गराए मात्र विद्यार्थीको अपेक्षा र मागहरु सम्बोधन हुने बताएका थिए ।

नेपाली कांग्रेस जिल्ला सदस्य रामनिवस यादव, तरुण दलका केन्द्रिय सदस्य रोशन सिंह,नेविसंघ केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने, नेता बाबुनन्द कुर्मी, पुरुसोत्तम कुर्मी लगायतले यो क्याम्पसमा जति विकास निर्माण काम भएको छ त्यो नेविसंघको नेतृत्वमा भएको र आउने दिनमा नेविसंघका नेता निर्वाचित भए आनुभवी र विचार भएको संघसंगठनका नेता  संग–संगै विद्यार्थी हक हितको काम हुने बताएका थिए ।

नेविसंघका का नेता बिकास मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा अझ शसक्त ढंगले विद्यार्थी विच गई निर्वाचन सफल र नेविसंघको पक्षमा पार्ने योजना बनाईएको छ ।

कार्यक्रममा नेविसंघ ठाकुर राम क्याम्पसका जय नेपाल चौरसिया, लगायत सयौं विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अजयेन्द्र मण्डलले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?