Menu

आजको मौसम

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

Author
News Desk | Saturday, January 04, 2025
0
Featured

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई एमाले कार्यकर्ताले आफ्नो नेताविरुद्ध समाचार लेखेको भन्दै अभद्र व्यवहार गरेका छन् ।

‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ समाचारको विषयलाई लिएर एमालेका कार्यकर्ताहरुले सम्वादाता साहलाई फोन र सामाजिक सञ्जालमार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका हुन् । पत्रकार साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरुले यस्तो चेतावनी दिएका हुन् । ’मेरो फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै जहाँ भेट्यो त्यही कालोमोसो दल्ने धम्की दिएका छन्’, साहले भने, ‘फोन गरेर समेत यस्तो समाचार किन लेखेको भन्दै धम्की दिईरहेका छन् ।’

सिधाकुरामा समाचार प्रकाशित भएपछि स्थानीय एमाले कार्यकर्ता बिरेन्द्र पटेल र निखिलराज गिरीले यस्तो धम्की दिएका हुन् । आफूलाई फोन गरेर धम्की दिनेको भने परिचय नखुलेको साहको भनाई छ ।

नेपाल पत्रकार महासंघ पर्साले स्थानीय एमाले कार्यकर्ता वीरेन्द्र पटेल र निखिलराज लगायतका संलग्नहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ । साथै, पत्रकार महसंघले यस्टा घटनालाई नजरअन्दाज नगर्न प्रेस तथा पत्रकारको अधिकार संरक्षण गर्न सरकार र सम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस १४ गते पर्सा पुगेर आपराधिक पृष्ठमूमिका व्यक्तिलाई एमालेमा भित्र्याएको विषयमा समाचार लेखेका थिए ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले २०७९ माघ १७ गते वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल सहित पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यमा स्वतन्त्र जितेका उनका आफ्नै दाई हाल मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री भएका प्रमोद जयसवाल समेत थिए ।

मन्त्रीसमेत रहेका प्रमोद जयसवाल ज्यान मार्ने उद्योगमा १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर अहिले पनी मुद्दा खेपिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?