Menu

आजको मौसम

पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रम

Author
News Desk | Thursday, October 24, 2024
0
Featured

बिरगंज ८ कार्तिक । बिस्व पोलियो दिवसको अवसरमा आज वाक रैलीको आयोजाना गरिएको थियो। वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर पुन रोटरी भवनमा पुगि समापन गरिएको थियो।
वाक रैलीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोद दुङेल , माहानगरका प्रमुख राजेश मान सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख , उधोगबाणिज्य संघका अध्यक्ष अनिल रुगटा , उपाध्यक्ष माधव राजपाल , भारतिय दूतावासका प्रमुख मिना लोक राज , जनस्वस्थका जामोद ठाकुर नेपाल औषधि ब्यवासायिक संघका प्रतिनिधि, मानवसेवाआश्रमका प्रतिनिधिहरु ,प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी विभिन्न समाजसेविहरु चिकित्सकहरु , रेडक्रसकर्मीहरु , कादमबरी स्कुल , जीवन ज्योति स्कुल , डिएभी स्कुलका बिधार्थी भाईबहिनिहरुको पनि उपस्थिति रहेको थियो।
बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं , रोटरी क्लब अफ बिरगंजका पदाधिकारी ,स्वेमसेवकहरु समाजसेविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। रोटरी क्लब अफ बिरगंजका अध्यक्ष रोटरी निर्मल खत्रीले जानकारी गराएका थिए । उनको भनाई अनुसार रोटरी इनटरनेशनल एक बिश्वब्यापी संस्था हो जस्ले बिश्वबाट पोलियो उन्मुलन गर्ने काम गरिरहेको छ र यो बिश्वब्यापी पोलियो उन्मुलन पहलको संस्थापक साझेदार हो। जस्ले बिश्वबाट पोलियोको अन्त्य गर्न मद्दत गर्दछ।
रोटरी, रोटर्याक्ट , इन्टेर्याकटर्स सदस्यहरु , पर्सा जनस्वास्थय कार्यालय विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरु निजि संघसंस्था लगाएत अन्य निकायहरुको भूमिका अहम रहेकोले उक्त अवसरमा पोलियो मुक्त सन्सार चाहने सबैको लागि यस रोटरी क्लब अफ बिरगंजले विभिन्न कार्यक्रम गरेको बताएका थिए।सो कार्यक्रम पश्चात् बिरगंज जिल्ला प्रहरी अगाडिको रातो बङ्गला स्थित मानव चैन बनाईएको थियो र बैलुन समेत उडाइएको थियोे । रोटरी क्लब अफ बिरगंज मेटोपोलिसका अध्यक्ष रोटरी अनिल जयसवालका अनुसार आज बेलुका ६ बजे देखि ७ बजे सम्म घन्टाघर चौकमा मैनबत्ती प्रज्वलन कार्यक्रम रहेकोले यस महान अवसरमा रोटरी, रोटर्याक्ट , इन्टेर्याकटर्स परिवारको तर्फ बाट सम्पुर्ण सदस्यहरुलाई निर्धारित समयमा कार्यक्रममा सहभागीहुन हार्दिक निमन्त्रणा समेत गरेका थिए । सो कार्यक्रमका सहजीकरण रोटरी क्लब अफ बिरगंज सचीव राकेश मिश्राले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?