Menu

आजको मौसम

वीरगंजमा महिलावादी स्मृतिको फोटो प्रदर्शनी शुरु

Author
News Desk | Friday, October 18, 2024
0
Featured

वीरगंज २ कार्तिक । वीरगंजको बिर्ता स्थित त्रिजुद्व महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा नेपाल पिक्चर लाइब्रेरीले ३ दिने फोटो प्रदर्शनी कार्यक्रम शुरु गरेको छ । नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल” प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण अन्तर्गत आज वीरगंजमा शुरू भएको हो । सो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट शुरू भएको हो २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यो प्रदर्शनीले अहिले सम्म काठमाडौं, नयाँदिल्ली, कोची, इस्तानाबुल, सिङापुर, नेदरल्याण्डको ब्रेडा लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ। यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्पmत नेपालको महिलावादी इतिहासलाई संरक्षण एवम प्रसार गर्नु हो। यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्न चाहन्छ नेपाल पिक्चर लाइब्रेरीका अनुसन्धान प्रमुख दिवश राजा के.सी. ले प्रष्ट पारेका थिए । कार्यक्रममा प्रशासन प्रमुख निशान्त शिल्पकार, फोटो सङ्कलन प्रमुख शिखर भट्टराई, लाइब्रेरीयन सरिता सिंह, फोटो सर्कल गु्रपका अध्यक्ष नयन तारा गुरूङ, कम्युनिकेसनका सम्झना नेपाली लगायतकाको उपस्थित थियोे । कार्यक्रममा समाजसेवी, विद्यार्थी र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका उपाध्यक्ष मधु राणा, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, सञ्चारकर्मी बिजय महतो, पंकज श्रेष्ठ, राजेन्द्र सिंह राजपुत, लालबाबु सिंह, अभिलाष गुप्ता, शंकर आचार्य, हसमोदिन समानी, राज सर्राफ, त्रिलोकीनाथ यादवको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?