Menu

आजको मौसम

वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना

Author
News Desk | Wednesday, October 23, 2024
0
Featured

वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेस कुमार सिंह नेतृत्वको टोलीले बुधवार वीरगंजका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानीलगायतका होटलहरूमा छड्के अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा टोलीले होटलहरूमा भेटिएका विभिन्न कैफियत अनुसारको जरिवाना पनि गरेको टोलीमा सम्मिलित होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बाताए । यसक्रममा जाइका बिर्यानी र ताज बिर्यानी हाउसलाई १०–१० हजार जरिवाना गरि सुधारको लागि विभिन्न निर्देशन समेत दिइएको पन्तले बताए । अनुगमन गर्दा भेटिएको म्याद गुज्रिएका र अखाद्य बस्तुहरू नष्ट गर्नुका साथै सम्बन्धीत निकायहरूमा दर्ता नभएका होटलहरू लाई तुरून्तै दर्ता गर्न निर्देशन दिएको खाद्य अधिकृत सुरेश कुमार सिंहले बताए । उनले विभिन्न खाद्य बस्तुहरूको टेस्टो मिटर द्वारा बैज्ञानिक ढंगले समेत जाँच गरिएको बताए ।
खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यलयले गरेको अनुगमनमा टोलीमा वीरगंज माहानगरका बरिस्ट खाद्य अनुसन्धान अधिकृत बिपिनकुमार दास, वीरगंज उद्योग बाणिज्य संघका मनोज दास, उपभोक्ता हित संरक्षण मन्चका अजित भुजेल, पत्रकार युबराज भट्टराई, जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु र बाणिज्य लगायतका कार्यालयहरूका प्रतिनिधिहरूको समेत सम्लग्नता रहेको थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?