Menu

आजको मौसम

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको कामकाजमा सहजताको लागि प्रिन्टर सहयोग

Author
News Desk | Thursday, October 10, 2024
0
Featured

वीरगंज, २३ असोज । दैनिकी कार्यालयको कामकाज सहज रुपमा होस् भनेर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई डाइनामिक टेक्नोसफ्ट प्रा.ली, पर्साले प्रिन्टर सहयोग गरेको छ ।
आज वीरगंज महानगरपालिका वडा नं.११ श्रीपुर त्रिमुर्ती टोल स्थित रहेको डायनामिक टेक्नोसफ्ट प्रालि पर्साका प्रमुख सचिन साहले सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्सालाई १ थान क्यानन कम्पनीको प्रिन्टर प्रदान गरेका हुन् ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी बरिष्ठ नायब निरीक्षक गोरख बहादुर शाहीले प्रिन्टर सहयोग गर्ने टेक्नोसफटलाई धन्यवाद प्रदान गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका बरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, सचिव कुल नारायण (दिलीप) प्रधान, सदस्य मधु सिहं, प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान अबिनेस राय लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?