Menu

आजको मौसम

चाडपर्वमा सतर्कता अपनाउन पर्सा प्रहरीको अनुरोध

Author
News Desk | Tuesday, October 08, 2024
0
Featured

वीरगंज, २१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वमा सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ ।
आज जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरू र मोबाईल लिएर भीडभाडमा नजान अनुरोध गरेको छ । त्यस्तै घर, तथा पसल बाहिर जाँदा झ्यालढोका राम्रोसँग लगाएर मात्रै निस्किने, ढोका बन्द भएको छ छैन यकिन गर्ने र सकेसम्म साइरन जडित प्रविधिको प्रयोग गर्न, कतै बाहिर जानुपरेमा छिमेकी वा प्रहरीलाई जानकारी दिएर मात्रै जान पनि अनुरोध गरेको छ ।
त्यसैगरी आर्थिक कारोवार गर्दा सकेसम्म डिजिटल माध्यमको प्रयोग गर्न आफ्नो मोबाईलको ओटीपी पासवर्ड गोप्य राख्न, सामाजिक सञ्जालमा आफ्नो व्यत्तिगत यात्राको वारेमा अद्यावधिक नगर्न, जुवातास, लंगुर बुर्जा कौडा लगायतका खेलहरू नखेल्न भनेको छ ।
मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य रूपमा हेलमेट लगाउँन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम उल्लंघन नगर्न र हर्षाेल्लासका साथ दशैं मनाएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?