Menu

आजको मौसम

अल्पाइन माविद्वारा कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम

Author
News Desk | Thursday, October 03, 2024
0
Featured

वीरगंज, १६ असोज । अल्पाइन माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज वीरगंजको होटल भिस्वामा सम्पन्न गरेको छ ।
विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, संगीत प्रस्तुत गरेका थिए भने नेपाली शिक्ष्ँक रामपुकार यादवले विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
विद्यालयका संस्थापक विनोदकुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा +२ का प्रधानाध्यापक विक्रम उपाध्याय, विद्यालयका प्रअ विशाल उपाध्यायसहित शिक्षकहरु श्यामसुन्दर, विनोद चौहान, विनोद श्रीवास्तव, दिलीप सिंह, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका सचिव दिलीप प्रधान, केन्द्रका सदस्य मधु सिंह राजपूत, केन्द्रका प्र.ह. सुभाष प्रसाद यादव, अविनेस रायलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?