Menu

आजको मौसम

घाइते कबड्डी खेलाडी सागरप्रति कबड्डी संघ, स्थानीय र मधेस सरकार उदासिन

Author
News Desk | Friday, September 20, 2024
0
Featured

वीरगंज, ३ असोज । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादव प्रदेश स्तरीय खेल खेल्ने क्रममा घाइते भई १५ दिनदेखि काठमाडौंको ट्रमा सेन्टर हस्पिटलमा उपचार गराइरहेका छन् । उनको उपचारमा लाखौं खर्च भइसक्दा पनि सम्बन्धित निकायले कुनै चासो, सोधखोजसमेत गरेको छैन । खेल खेल्ने क्रममा घाइते भएका खेलाडी यादवको दायाँ खुट्टा भाचिएको र विभिन्न शरीरमा चोटपटक लागेको उनका दाजु जयशंकर यादवले बताए।
नेपाल राष्ट्रिय कबडडी संघ तथा मधेस प्रदेश कबड्डी संघले कुनै किसिमको सहयोग नगरेको सागरका दाजु यादवले जानकारी गराए ।
हालसम्म राष्ट्रिय खेलाडी सागर यादवको उपचारमा पाँच लाखसम्म खर्च भइसकेको भए तापनि सरकार तथा राष्ट्रिय कबड्डी टीम, मधेस प्रदेश सरकार तथा वीरगंज महानगरपालिकाले कुनै चासो नदेखाएको खेलाडी सागरले जानकारी गराएका छन्।
खेलाडी सागर हालै बंगलादेशमा सम्पन्न बंगबन्धु कबडडी प्रतियोगितामा नेपाललाई दोस्रो स्थानमा पुर्याउन खेलेका थिए । उनले देश विदेशमा थुप्रै प्रतियोगितामा मेडल, शिल्ड जितेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?