Menu

आजको मौसम

पर्यटन दिवसको अवसरमा होटल व्यवसायीद्वारा भारतीय पर्यटकको स्वागत तथा सम्मान

Author
News Desk | Friday, September 27, 2024
0
Featured

वीरगंज, ११ असोज । वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरूले धार्मिक पर्यटनलाई महत्व दिएर ४५औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाएका छन् ।
वीरगंज नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ मन्दिर जान हिडेका छ जना भारतीय धार्मिक पर्यटकहरूलाई दहि र जुस खुवाएर टीका, माला सहित भब्य स्वागत गरेर धार्मिक पर्यटनलाई विशेष महत्व दिएका हुन ।
पशुपतिनाथ, जनकपुर, गढिमाइ र मुक्तीनाथ जस्ता पबित्र र पौराणिक हिन्दु धामहरू मुलुकमा प्रशस्त रहे पनि राज्यले भने त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रबद्र्धन र प्रचारमा ध्यान दिन सकिरहेको छैन ।
राज्यको ध्यान तान्नकै लागि पनि आज पर्यटन दिवसको अवसर पारेर धार्मिक पर्यटनलाई महत्वका साथ जोडन खोजेको होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बताए । उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए ।
वीरगंजका होटल तथा पर्यटन ब्यवसायीहरूले आज वीरगंजको शंकराचार्यद्धार मा औपचारिक कार्यक्रम गरेर पर्यटकहरूको स्वागत गरेका थिए । स्वागत गरिएको पर्यटकहरूलाई ब्यबसायीहरूले गन्तब्यसम्म जान पुग्न भाडाको समेत ब्यबस्थापन गरिदिएका थिए । वीरगंजको शंकराचार्यद्धारमै संघका अध्यक्ष हरि पन्तको सभापतिŒव सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्हका केन्द्रिय सचिव दीपेन्द्र चौहान, पर्सा शाखाका उपाध्यक्ष युवराज खडका, दिलिप कार्कीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, पर्यटन प्रहरीको टोलीका साथ होटल तथा पर्यटन व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत, हिरा श्रेष्ठ, कुबेर कार्की लगायतका होटल तथा पर्यटन ब्यबसायीहरू र सञ्चारकर्मीहरूको उपस्तिथि थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?