Menu

आजको मौसम

गोली प्रहार गरी सुनको सिक्री लुटपाट

Author
News Desk | Tuesday, June 11, 2024
0
Featured

महोत्तरी, २८ जेठ । महोत्तरीमा एक युवकमाथि गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–११ भरतपुर बस्ने ३० वर्षीय मुरारी भनिने विनय कुमार महतोमाथि मरहा खोलामा आज साँझ ६ बजे गोली प्रहार गरी सुनको सिक्री र ब्रासलेट लुटपाट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले बताए ।

डीएसपी जयसवालका अनुसार कम्मरमा गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर ल्याएको छ ।

गौशाला बजार जाँदै गर्दा मरहा खोलामा मोटरसाइकलमा आएका दुर्ई हतियारधारी समूहले गोली प्रहार गरी लुटपाट गरेको स्थानीयले बताएका छन् ।

घटनास्थलमा दुर्ईवटा गोली फेला परेको छ । दुर्ई वटा भने फायर भएको पाइएको छ । गोली प्रहरी गर्नेको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?