Menu

आजको मौसम

लागु औषधसहित चार जना महिला पक्राउ

Author
News Desk | Sunday, April 28, 2024
0
Featured

वीरगंज, १४ बैशाख । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले वीरगंजले भन्सार मेनगेटबाट लागूऔषधसहित चारजना महिलालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा शरिरमा लुकाईछिपाई मकवानपुर निवासी वर्ष २८, ५१, ४४, ४० का चारजना महिलाहरूले भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको प्रतिबन्धित कोडिन मिश्रित कफ सिरभ ओनरेक्स ६६ वटा बोतल सहित पक्राउ गरिएको जनाएको छ ।

महिलाहरूको साथबाट लागूऔषध बरामद भएकोले निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी देबेन्र्द बहादुर सिंहले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?