Menu

आजको मौसम

पोखरीमा महिलाको शव भेटियो

Author
News Desk | Tuesday, February 13, 2024
0
Featured

वीरगंज, १ फागुन/ वीरगंज महानगर–१७ अलौंस्थित हुलाकी राजमार्गनजीकैको पोखरीमा एकजना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
रातो रड्ढो स्वेटर र पहेंलो पेटीकोट लगाएको ६० वर्षीया महिलाको मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको छ । महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?