Menu

आजको मौसम

मलगंवामा दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते

Author
News Desk | Tuesday, February 06, 2024
0
Featured

सर्लाही, २३ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका वडा न ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमवार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एकजनाको मृत्यु भएको छ । अन्य ३ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नापी कार्यालयका कार्यालय सहयोगी बिनोद घिमिरे रहेको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियारले जानकारी दिए। मलङ्गवाबाट नवलपुरतर्पm जाँदै गरेको उखु बोकेका ज.२ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय माननधर, ३० वर्षीय बैजु यादव र ३५ वर्षीय रामलाल साह रहेका छन। अन्य घाइतेहरूमा २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहीद अनवर र २५ वर्षीय अजय यादव रहेका छन।
रिटेन यादवबाहेक सबै घाइतेहरूलाई प्रदेशिक अस्पताल मलङ्गवामा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगंजतर्पm पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।ठक्कर दिने ट्याक्टरका चालक फरार रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?