Menu

आजको मौसम

४२ किलो गाँजाको धूलोसहित पर्साबाट दुईजना पक्राउ

Author
News Desk | Sunday, January 07, 2024
0
Featured

वीरगंज, २२ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले गाँजाको धुलो सहित दुर्ईजनालाई पक्राउ गरेको छ ।
पुस २१ गते राति ९ः३० बजेको समयमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.५ महुवन चोकस्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डमा प्रहरीले सूचनाको आधारमा बा.प्र.०३–००१ च.१५४०नं.को पिकअपलाई चेकजाँच गर्दा चालकको सिटमुनी लुकाईछिपाई राखिएको लागु औषध गाँजाको धुलो ४२ किलो बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी महुवनको टोलीले प्लाष्टिकमा टेपले बेरिएको ४२ पोका (४२ किलो) गाँजासहित चालक जिल्ला मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने वर्ष ३४ को सुमन ब्लोन र पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने वर्ष ४० को बिनोद रामलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?