Menu

आजको मौसम

पर्सामा बाघले मान्छे खायो

Author
News Desk | Monday, December 25, 2023
0
Featured

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल महतो उराँवका छोरा २० वर्षीय मनोज महतो उराँव रहेका छन् ।
सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार, जंगलसंग जोडिएको थरकट्टी गाँउका मनोज आइतवार बेलुकी शौच गर्न खेत तिर गएका थिए । राति अबेरसम्म घर नफर्किएका मनोजलाई खोज्न छिमेकी र गाँउलेहरूले सोमवार बिहान खेत तिर जाँदा खेत नजिकैको जंगलमा बाघले मारेर खाएको अवस्थामा मनोजका शरीरका अंगहरू भेटिएको रेञ्जर यादवले जानकारी दिए।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले थरकट्टी गाँउमा बाघले मान्छे मारेको खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?