Menu

आजको मौसम

जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको अध्यक्ष यादवको दाबी

Author
News Desk | Thursday, December 21, 2023
0
Featured

बीरगञ्ज ५ पुष । सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव ले पत्रकार सम्मेलन गरी जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका अन्तर्गत रहेको ले पटेरवा सुगौली गाउँपालिकाले जथाभावी सिमाङ्कन गरी टेन्डर आह्वान गरेकोमा सो खारेज गर्नुपर्ने माग गरेका छन्।
आज नेपाल पत्रकार महासङ्घ प्रसाद शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सखुवा प्रसौनी गा.पा. वडा नं. १ मा रहेको जमुनिया खोला साविकको मधुवनमयवल गा.वि.स.मा अवस्थीत तथा हाल गाउँपालिका स्थापना भएपश्चात सो मधुवनमथवल गा.वि.स. सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १ हुन गएको बताए । यसरी हेर्दा तत्कालिन मधुवनमथवल गा.वि.स सखुवा प्रसौनी गाउँपालिकामा समायोजन हुन गएकोले सो गा.वि.स. मा पर्ने सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने भएको अध्यक्ष यादवले दाबी गरे।
उनले सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ मा पर्ने जमुनिया खोलाको टेण्डर पटेर्वा सुगौली गाउँपालिकाले आफूखुसी सिमा निर्धारण गरी मिति २०८० कार्तिक ३ गते गरेकोमा हाम्रो घोर आपति जनाएका छन्। सो टेण्डर बदर गरी सिमाँकन निर्धारण गरी मात्र टेण्डर गर्न जोडदार माग समेत अध्यक्ष यादवले गरेका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?