Menu

आजको मौसम

रौतहटमा महिनाको पहिलो आइतवार माछा बिदा

Author
News Desk | Sunday, December 03, 2023
0
Featured

रौतहट, १७ मंसिर । रौतहट जिल्लाभरिमा महिनाको पहिलो आइतवार माछा बिदा (फिस होलिडे) दिइने भएको छ। नेपाल मत्स्य व्यवसायी संघ रौतहट जिल्ला समितिको शनिवार बसेको बैठकले उक्त निर्णय गरेको हो।
उक्त दिन जिल्लाभर माछा मार्ने अथवा बिक्री वितरण नगरिने निर्णय गरिएको संघका संस्थापक अध्यक्ष तुलसी राज गिरीले जानकारी दिए । बैठकमा माछा उत्पादक कृषकको समस्यावारे बृहत छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरिएको उनले बताए ।
बैठकले रौतहट जिल्लामा डिजिटल तराजुमा साढे ६ किलोग्रामको धारामा पुरानै दर भाउमा माछा बिक्री वितरण गर्ने गराउने निर्णय भएको छ। त्यस्तै बैठकले दिलीप सहनीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ। त्यस्तै आगामी बैठकमा मत्स्य भलाई कोष सङ्कलन र सञ्चालन वारे कार्यविधि प्रस्तुत गर्ने निर्णय भएको जनाइएको छ।
बैठक संघका जिल्ला अध्यक्ष सहनीको अध्यक्षमा र केन्द्रीय संस्थापक अध्यक्ष तुलसीराज गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?