Menu

आजको मौसम

पाँच वर्षदेखि बारा, रौतहटमा आतंक मच्चाउने सार्पसुटर सिंह कसरी पक्राउ परे ?

Author
News Desk | Wednesday, December 27, 2023
0
Featured

वीरगंज, ११ पुस ।
विगत ५ वर्षदेखि बारा, रौतहट जिल्लामा आतंक मच्चाउंदै आएको सार्पसुटर भारतीय नागरिक सुजितकुमार सिंहलाई बारा प्रहरीले मंगलवार राति घुँडामा दुई गोली प्रहार गरी पक्राउ गर्न सफल भएको छ ।
आज जिल्ला प्रहरी कार्यालय, बाराले प्रेस विज्ञप्ति जारी गरी बारा र रौतहटमा विभिन्न अपराधिक घटनाहरुमा संलग्न रहेको आरोपमा भारत मोतीहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनी बस्ने अन्दाजी ३२ वर्षिय सुजित कुमार सिंहलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रहरीले सूचनाको आधारमा भारतसंग सीमा जोडिएको बाराको विश्रामपुर गाँउपालिका वडा नं. ३ डम्पिङ साईट चेकजाँच गर्दा सुरक्षाकर्मी माथि सिंहले गोली प्रहार गरेको र प्रहरीले चलाएको गोलीबाट उनी घाइते भएको प्रहरी उपरिक्षक सुरेश काफ््लेले जानकारी बताए ।
उनको घुडा मुनी गोली लागेको र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको साथबाट एउटा पेस्तोल र गोली प्रहार गरेको छ ।
गत कार्तिक १३ गते दिउंसै कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोडिङ स्कूलका सञ्चालक रुपेश सर्राफको सिंहले गोली प्रहार गरी हत्या गरेको प्रहरीको दावी छ । प्रहरीले यस घटनाकाण्डमा राधा गुप्ता, जालिम अख्तर, रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार, अभिनव कुमार सिंहलाई पक्राउ गरी पत्रकार सम्मेलन गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?