Menu

आजको मौसम

भिस्वा नाकाबाट हुने तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

Author
News Desk | Wednesday, December 20, 2023
0
Featured

वीरगंज । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट हुने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलले लगातार सफलता पाईरहेको छ ।
तस्करहरुको बढि रजगज हुने सो नाकाबाट हुने तस्करी लगायतका अवैध कारोबारी माथि कडाई गर्दै सशस्त्र प्रहरीले दिनहुँ अवैध मालसामान समात्दै तस्करी नियन्त्रणमा सफलता पाईरहेको हो ।
भारतको सिक्टासंग जोडिएको भिस्वा नाकामा बिओपी बन्जारीका इन्जार्च सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) छबिराम दर्लामीको सक्रियताले त्यस क्षेत्रबाट हुने अवैध कारोबारीमा रुवाबासी छाएको छ ।
मुलुक आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको बेला सरकारको राजश्वमा योगदान दिने विभिन्न निकाय मध्येको एक सशस्त्र प्रहरी पनि हो ।
जसले सीमानाकाबाट हुने तस्करी लगायतका अवैध कारोबार नियन्त्रण गरि राज्यको राजस्व संकलनमा योगदान दिने गर्छ ।
त्यस जिम्मेवारीलाई इमन्दारीका साथ निर्वाहन गर्दै बिओपी बन्जारीका सशस्त्र प्रहरी इन्चार्ज इन्स्पेक्टर छबिराम दर्लामीको सक्रियताले ग्रामिण नाकाबाट हुने अवैध कारोबारमा नियन्त्रण हुँदै पछिल्लो दुई हप्तामा मात्रै लागु औषध गाँजासहित विभिन्न तस्करीका मालसामान समात्न सफल भएका छन् ।
इन्स्पेक्टर छबिराम दर्लामीले दुई हप्तामा मात्रै भारतबाट अवैध तरिकाले आयात भएको लत्ताकपडा, कुखुराको चल्ला, लेक्मे कम्पनीको काजल, लागु औषध गाँजा, चामल, चिउरा लगायतका लाखौं राजस्व संकलन हुने सामान बरामद गरेका हुन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?