Menu

आजको मौसम

पर्साको ठोरी नाकाबाट सुनदेखि नूनसम्म तस्करी

Author
News Desk | Thursday, November 30, 2023
0
Featured

वीरगंज १४ मङसिर।
पर्सा जिल्लाको सुदुरपश्चिममा रहेको ठोरी नाका भएर दैनिक ठूलो परिमाणले तस्करी हुने गरेको छ।
सो नाका भएर सुनदेखि नुनसम्म, भैसीराँगादेखि कुखुरा–बाख्राको समेत तस्करी हुँदैआएको छ। पर्साको ठोरी यतिखेर तस्करहरूको लागि स्वर्ग बनेको छ। सिमा सुरक्षा र चोरी तस्करी नियन्त्रण गर्न परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई रकम बुझाएर जुनसुकै मालसामानको तस्करी गर्न पाइरहेका छन्।
भारतबाट खाध्यान्न, लत्ताकपडा, निर्माण सामग्री, सुर्तीजन्य पदार्थ, भैसिराँगा, खसिबोका हासकुखुराका साथै नुन समेत नेपाल भित्रने गरेको छ भने नेपालबाट सुन लगायत भारतमा तस्करी हुने गरेको छ।
ठोरीमा ब्यापारीले भन्सार राजस्व बुझाउन चाहे पनि बुझाउने ठाउँ नहुदा पनि निर्बाध रूपले तस्करी भइरहेको छ। सशस्त्र द्वन्द्वकालमा बिस्थापित भएको छोटी भन्सार अहिलेसम्म स्थापित भएको छैन। जस्ले गर्दा ब्यापारीहरू प्रहरीलाई रकम बुझाएर तस्करी गर्न बाध्य भएका छन भने पेसेबर तस्करहरूको लागी त झन स्वर्ग नै बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?