Menu

आजको मौसम

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

Author
News Desk | Wednesday, November 29, 2023
0
Featured

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ ।
आज श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई क्षयरोगबारे सचेतनामूलक जानकारी गराइएको थियो । क्षयरोग नियन्त्रणमा हाम्रो लडाई, क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम भएको थियो ।
उषा शाहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रामअवतार खेतान, पूर्वसभापति डा श्यामसुन्दर दास, मधु राणा, रामाधार प्रसाद साह, सरिता चौधरी, अरुण चौरसिया, बृजकिशोर पटेल, सर्मिला सुवेदी, पूनम कुमारी, मालती गुप्ता, रिक्की गुप्ता, संगीता चौरसिया, इन्दिरा चौधरी, रिन्कु कमारी, पत्रकार महासंघ पर्साका यवराज खडका, प्रेम सर्राफलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन उमेशकमार गुप्ताले गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?