Menu

आजको मौसम

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

Author
News Desk | Saturday, November 18, 2023
0
Featured

काठमाडौं,१मंसिरः

नेपालमा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्। त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्।

‘टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदको निर्णय बदरका लागि रिट दिएको छु, दर्ताको प्रक्रियामा छ,’ त्रिपाठीले भने।सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो। टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?