Menu

आजको मौसम

घडिअर्वामा ५७ जनाद्वारा रक्तदान

Author
News Desk | Saturday, November 18, 2023
0
Featured

छठ पर्वको उपलक्ष्यमा वीरगंजस्थित घडीअर्वा पोखरी छठ घाट परिसरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ५७ जनाले रगत दान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । कार्यक्रमको वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील कुमार कानुले आफैले रक्तदान गरेर उद्घाटन गरेका थिए ।

रक्तदान पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष कानुले छठ पर्वको धार्मिक अवसरमा रक्तदान गरी समाज सेवाको अवसर पाउँदा गौरव महसुस गरेको बताए । आयोजक क्लबका अध्यक्ष लखनलाल गुप्ताले विगत डेढ दशकदेखि छठ पर्वकै अवसरमा क्लबले निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी पनि दिए । धार्मिक अवसरमा समाज सेवा पनि होस् भन्ने उद्देश्यका साथ क्लब मार्फत आफूहरूले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।

वडाध्यक्ष कानुको प्रमुख आतिथ्यमा एवम् गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह साह कानु, पूर्व अध्यक्ष हिरा साह कानु, प्रेम साह कानु, उपाध्यक्ष राकेश साह, कोषाध्यक्ष तिलक साह, सह कोषाध्यक्ष कन्हैया गुप्ता, सुरक्षा उपसमितिका संयोजक मुन्ना साह, सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानु, युवा अभियन्ता दिलीपराज कार्की लगायतको‍ उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?