Menu

आजको मौसम

बारा प्रहरीद्वारा हतियारसहित पाँचजना पक्राउ

Author
News Desk | Thursday, November 09, 2023
0
Featured

वीरगंज, २३ कात्तिक ।

बारा प्रहरीले हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ ।

आज बिहान ८ बजे सिम्रौनगढ न.पा. वडा नं. ११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा वर्ष ४० को उपेन्द्र पटेलले घरमा लुकाएर राखेको अवैध हतियार इलाका प्रहरी कार्यालय सिम्रौनगढले सूचनाको आधारमा खानतलासी गरी खोजेको थियो ।

पटेलले पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाएर राखेको रिभाल्वर एक थान र सोको सात थान गोली, नलकटुवा पेस्तोल एक थान र सोको एउटा गोली, त्यस्तै केएफ लेखिएको गोली एकथान र जंगी राउत दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रहरीले ४० वर्षीय उपेन्द्र पटेल, वर्ष २७ को धिरेन्द्र पटेल, वर्ष ६२ को रूपलाल पटेल, रौतहट बौधीमाई न.पा. वडा नं.२ बस्ने वर्ष ४४ को राजमंगल पटेल, वर्ष ८० को सोभा राउतलाई पक्राउ गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?